काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन अमेरिकाको भिसा दिलाउन कूटनीतिक पहल हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाएको हो।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काबीच बिहीबार भएको छलफलपछि परराष्ट्र मन्त्रालयलाई सन्दीपको भिसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाइएको छ । मन्त्री श्रेष्ठले खेलाडीलाई भिसा उपलब्ध गराउन सबै किसिमको पहल गर्ने बताएका छन् ।
प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार
प्रतिक्रिया