काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका कोलकोत्ता नाइट राइडर्सले जितेको छ।

आइतबार चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै उपाधि चुमेको हो।

टस जितेर पहिला ब्याटिङमा उत्रेको हैदरावाद १८.३ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। जवाफमा कोलकोत्ताले १०.३ ओभरभित्रै  २ विकेट गुमाएर टार्गेट भेटाउन सक्यो।

यो जितसँगै कोलकोत्ताले तेस्रोपटक आइपिएलको उपाधि उचाल्न सफल भएकाे छ।

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com