काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको मे २७ तारिखका दिन मेमोरियल डे मनाउने भएकाले सबै देशका कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा छ ।

आज काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि विदा भएकाले क्रिकेटर सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो। पहिलो पटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रिया अघि बढाएका छन् । तर अहिलेसम्म सरकारले कुटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्टइन्डिजमा आयोजना हुन लागेको आइसीसी टी–२० विश्वकप गुमाउने खतरा झन झन बढ्दै गएको छ।

नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधिन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरु प्रिन्ट पनि भइसकेका थिए । फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिनमात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए ।

त्यसपछि प्रक्रिया पूरा गरेर अन्र्तवार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीहरुले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन् ।

प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com