काठमाडौँ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले क्रिकेट खेलाडीले सिङ्गो देशलाई गौरवान्वित बनाइरहेको बताएका छन् ।नेपाल क्रिकेट संघसँग सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा चौधरीले क्रिकेटबाट देशले नै गौरवान्वित महसुस गरिरहेको बताएका हुन् ।

पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनका क्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्का र सिजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।

सो सम्झौतासँगै विगतमा ‘मेन्स अन्डर–१९ टिम’ लाई मात्रै प्रायोजन गरिरहेको चौधरी समूहको वाईवाईले अबदेखि भने अन्डर–१९ महिला टोलीलाई समेत प्रायोजन गर्नेछ । कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘नेपाली महिला टोली समेत विश्व विजेता बन्ने क्षमता राख्छ ।’

सम्झौतापछि वाईवाईले महिला अन्डर–१९ टोलीलाई प्रतिवर्ष ३० लाख रुपैयाँ दिनेछ । यस्तै थप ३० लाख रुपैयाँ क्यानले अन्य क्रिकेट गतिविधिका लागि प्रयोग गर्न पाउने सम्झौतामा उल्लेख छ । वाईवाईले क्यानसँग कूल ६० लाख रुपैयाँ प्रायोजनको सम्झौता गरेको हो ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com