नेपालमा १५ देखि १९ वर्षका किशोरीमध्ये १७ प्रतिशत आमा बनिसकेका छन्। १५ देखि ४९ वर्ष उमेर समूहका २२ प्रतिशत महिलाले १५ वर्षकै उमेरदेखि नै शारीरिक हिंसा भोगिरहेका छन् भने सात प्रतिशतले यौनहिंसा भोगिरहेका छन्। यौन र यौनिकता शिक्षाको अभावका अरु उमेर समूहभन्दा किशोरकिशोरी उमेर समूहले बढी समस्या बेर्होनुपरेको निष्कर्ष निकालिएको छ।

शनिबार झुम्कामा आयोजित कार्यक्रमका वक्ताहरूले यौन र यौनिकता शिक्षाको सम्बन्धमा किशोर किशोरीले यथोचित् शिक्षा पाउन सके उनीहरूको भविष्य सरल र स्वस्थ बन्न जाने बताए। उनीहरूले हरेकलाई सानैदेखि यौन र यौनिकता शिक्षा दिँदा व्यावहारिक क्षेत्रको परिकल्पनाबाट प्रेरित भएर शिक्षाको उज्यालो बाँड्न सक्नुपर्ने बताए।

हरेकले यौन र यौनिकताका विषयलाई बुझ्न सक्ने बनाए यौनजन्य व्यवहार, समस्या र अपराधबाट समाजलाई टाढा रहन सक्ने यौनिकता शिक्षाले बनाउन सक्ने व्यावहारिक रूप नै आजको माग बनेको छ।  हाल समाजमा देखिएका कतिपय विकृति र मुद्दाका प्रकृति हेर्दा यौनिकताका पक्षसँग जोडिएका प्रशस्त पाइन्छन्।  जसले हाम्रो व्यावहारिक पक्ष कमजोर बनाउँदै लगेको छ।

यौनिकता शिक्षाअन्तर्गत लैंगिकता, हिंसा, नागरिकको यौन अधिकार, आनन्द वा मनोरञ्जन, विविधता, सम्बन्ध जस्ता विषयलाई समेटर पाठ्यक्रमको व्यवस्था गरिए पनि यसमा विद्यालयमा पढाइने पाठ्यक्रमभन्दा सञ्चारमाध्यमबाट प्रकाशित हुने समाचार प्रभावकारी हुने हुँदा सञ्चारकर्मीसँग छलफल राखिएको थियो।

सो क्रममा सहजककर्ताको रुपमा सहभागी स्वास्थ्य विषयका शिक्षक प्रकाश कार्कीले यौनिकता शिक्षाले व्यक्तिको भावना, सोच, आवश्यकता तथा यसले हाम्रो व्यावहारिक जीवनमा ल्याउने परिवर्तन, सुखी तथा आनन्ददायी परिवारको परिकल्पना, जीवनलाई सुखमय बनाउन सहयोग पु-याउने खालका सामग्री सञ्चारमाध्यममा प्राथमिकता दिनुपर्ने बताए। ‘विद्यालयमा कतिपय  शिक्षकहरूमा यौन तथा यौनिकताका बारेमा सकारात्मक धारणा नहुँदा पनि विद्यार्थीले सोचेअनुसार ज्ञानार्जन गर्नमा समस्या छ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने।

सो क्रममा रामधुनी नगरपालिकामा मेयर जयप्रकाश चौधरीले यौन विकृति निम्त्याउने तत्त्व तथा माध्यमहरूका सम्बन्धमा सानै उमेरदेखि ज्ञान दिलाएर सक्षम बनाई अपराध हुने कार्य रोक्नुपर्ने बताए।
सञ्चारकर्मीका तर्फबाट यौनका भ्रष्ट र गलत धारणालाई बढी प्राथमिकता दिने गरे पनि यौनहिंसा न्यूनीकरणसँगै प्रजनन स्वास्थ्यका विषयलाई पनि समेटनुपर्ने सुझाव आयोजक संस्थाका अध्यक्ष डिल्ली कार्कीले दिए।

आरएचआरएनको सहयोगमा हुडेप नेपाल सुनसरीले सञ्चारकर्मीका लागि आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा १५ लाख विवाहिता महिला आधुनिक गर्भनिरोधक साधनको पहुँचविहीन नेपालले महिलाको स्वास्थ्यमा केही उपलब्धि हासिल गरे पनि लाखौं महिला र किशोरीले यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको उपभोग गर्न नसकेको तथ्यांक प्रस्तुत गरियो।

नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा २३९ आमाको मृत्यु भइरहेको छ। दिगो विकास लक्ष्यका अनुसार नेपालले सन् २०३० सम्ममा मातृ मृत्युदर प्रत्येक एक लाख जीवित जन्ममा ७० झार्नुपर्नेछ।

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com