चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खसेको भेटिएको ट्रकको दुर्घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी भेषराज रिजालका अनुसार आज बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको भेटिएको थियो ।

तर त्यसका चालक र सहचालक भने सम्पर्कविहीन छन् । दुर्घटना शंकास्पद मानेर प्रहरीले चालक र सहचालकको खोजी गरिरहेको छ ।

डिएसपी रिजालका अनुसार उक्त ट्रक भैरहवाबाट सनफ्लावर (सूर्यमुखी) तेल लोड गरेर ललितपुर जाँदै थियो ।राति करिब ८ बजेतिर उक्त ट्रक त्यहीँ सिमलतालनेर रोकिएको देखिएको थियो । ‘राति जुन ठाउँमा रोकिएको देखिएको थियो, त्यहाँबाट थोरै अगाडि बढेर ट्रक तल खसेको पाइएको छ,’ डिएसपी रिजालले भने ।

उनका अनुसार उक्त ट्रक भैरहवाबाट २ हजार २२५ कार्टुन सूर्यमुखी तेल लोड गरेर ललितपुरका लागि प्रस्थान गरेको थियो । तर त्रिशूली किनारमा भेटिएको ट्रकमा आधा जति तेल छैन । त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको हो ।

‘यो दुर्घटना शंकास्पद छ,’ डिएसपी रिजालले भने, ‘ट्रकका चालक र सहचालकको मोबाइल स्विच्डअफ छ । उनीहरु त्रिशूलीमा नदीमा डुबेको जस्तो पनि लाग्दैन । हामी उनीहरुलाई खोजिरहेका छौं ।’

  • अनलाइन खबर

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com