काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट गायब भएका छन्। शनिबार रातिदेखि लामिछानेको फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) अकाउन्ट नदेखिने भएको हो।

अकाउन्टमा समस्या आएको हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म बाहिरिएको छैन। लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख बढी फलोअर रहेका थिए।

लामिछाने सामाजिक सञ्जालबाट एकाएक गायब भएपछि अहिले उनी किन गायब भए भन्ने विषयले चर्चा पाइरहेको छ। लामिछाने यो बेला विश्वकप लिग- २ खेल्न क्यानाडामा छन् ।

प्रकाशित मिति: ३० भाद्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com