काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार उनलाई प्रहरीले पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिपक राज अवस्थीले जानकारी दिए।

Advertisement
Advertisement

साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई उनको निवासबाट पक्राउ गरिएको हो।

प्रसाईंविरुद्ध एक महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

प्रकाशित मिति: ६ आश्विन २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com