काठमाडौँ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जितेन्द्रबाबु (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार सहकारी ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको हो।

जीबी राईसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको अभियोग पत्रमा दाबी गरिएको छ । जीबी राई समूहले ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन गरेको दाबी गर्दै सोही बराबर बिगो, जरिवाना र कैद सजाय अभियोग पत्रमा माग गरिएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com