चितवन । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा नाराबाजी भएको छ ।
शुक्रबार सार्वजनिक सुनुवाइका लागि यहाँ झरेका रविविरुद्ध मुग्लिन बजारमा सहकारी पीडितहरूले नाराबाजी गरेका हुन् । उनीहरूले ‘सहकारीको पैसा फिर्ता गर’, ‘सहकारी पीडितलाई न्याय दे’लगायतका नाराबाजी लगाएका थिए ।
कार्यक्रम सकेर फर्किएका रवि मुग्लिन बजार आइपुगेका थिए, त्यसैबेला पीडितहरूले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।
प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार
प्रतिक्रिया