काठमाडौं । प्रहरीले पक्राउ गरेका सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी छुटेका छन् । उनलाई पक्राउ गरेको केहीबेरमै प्रहरीले रिहा गरेको हो ।

निर्मला कुर्मी प्रकरणमा लुम्बिनीका मन्त्री बादशाह कुर्मीमाथि कारबाही हुनुपर्ने मागसहित बालुवाटारमा रुवि खानलगायतको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा प्रहरीले शिवाकोटीलाई पनि पक्राउ गरेको बताइएको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्‍याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com