काठमाडौं । सामाजिक सञ्जालको अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने गरी प्रस्तावित ‘सामाजिक सञ्जाल विधेयक’ प्रति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कडा असन्तुष्टि जनाएका छन्। उनले गीतमार्फत आफ्नो विरोध प्रकट गरेका छन्।

हाल सामाजिक सञ्जालमा #बोल्न_दे_सरकार नामक ह्यासट्याग व्यापक रूपमा चर्चामा छ। यही अभियानलाई समर्थन गर्दै बालेनले आफ्नो पाँच वर्ष पुरानो गीत ‘बलिदान’ को केही अंश सार्वजनिक गरेका छन्। उक्त गीतमा उनले स्वतन्त्र अभिव्यक्तिमाथि अंकुश नलगाउन आग्रह गरेका छन्।

Advertisement
Advertisement

गीतको केही अंश:

“मलाई बोल्न दे, सरकार, अपराध होइन
मन खोल्न दे, दरबारको म सराप होइन
मन खराब छैन, सही बोल्न डराउँदिन
कानुन पो लाग्छ कि? आवाज उठाउँदैमा…”

सरकारले गत माघ १५ गते ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा दर्ता गराएको थियो।

यस विधेयकलाई लिएर विभिन्न राजनीतिक दल, पत्रकार सङ्गठन र नागरिक समाज बीच तीव्र बहस चलिरहेको छ। विशेष गरी प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), सञ्चार क्षेत्रका प्रतिनिधि तथा स्वतन्त्र अभियन्ताहरूले यसको खुलेर विरोध जनाइरहेका छन्।

विधेयक पारित भएमा सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता गुम्ने चिन्ता व्यक्त गर्दै यसको विरोध दिनप्रतिदिन चर्किँदै गएको छ।

भिडिओ: 

 

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com