काठमाडौं । सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यता, बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: ७ फाल्गुन २०८१, बुधबार
प्रतिक्रिया