काठमाडौं । नकेपा (एमाले) का प्रभावशाली युवा नेता विष्णु रिजालले राज्यको विशिष्ट स्थानमा पुगेका व्यक्तिहरुलाई कानून बनाएर एकरुपता बनाई सुविधा दिँदा राम्रो हुने मत राखेका छन्।

सरकारले विशिष्ट व्यक्तिहरुलाई आजीवन सुविधा दिनेगरि तयारी थालेपछि चौतर्फी विरोध तथा आलोचना भैरहेको सन्दर्भमा नेता रिजालले भने बिना कानून, पटके निर्णयबाट र मन परेका आधारमा सुविधा दिनुभन्दा कानून बनाएर एकरुपता ल्याउनु राम्रो हुने तर्क गरेका छन् । कति सुविधा दिने वा नदिने भन्ने कुरा राज्यको आर्थिक क्षमता, आम नागरिकको जीवनस्तर र समय विचार गरेर निर्णय गर्नु उपयुक्त हुनेपनि उनको मत छ।

Advertisement

रिजालले फेशबुकमा लेखेका छन् – ‘राजनीति जागिर होइन, व्यापार पनि होइन । सेवा हो, सक्नेले गर्ने हो । तर, राज्यको विशिष्ट स्थानमा पुगेकाहरूप्रति राज्यको दायित्व हुन्छ । राज्य भइसकेपछि त्यसका केही न्यूनतम मापदण्ड र भारहरू हुन्छन् नै । विना कानुन, पटके निर्णयबाट र मन परेका आधारमा सुविधा दिनुभन्दा कानुन बनाएर एकरुपता ल्याउनु राम्रो हो । कति सुविधा दिने वा नदिने भन्ने कुरा राज्यको आर्थिक क्षमता, आम नागरिकको जीवस्तर र समय(सन्दर्भ विचार गरेर निर्णय गर्नु उपयुक्त हुन्छ ।’

प्रकाशित मिति: १ चैत्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com