काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तस्बिर जलाएको आरोपमा राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँता पक्राउ परेका छन्। उनलाई आइतबार भरतपुरबाट पक्राउ गरी हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बमले शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा प्रचण्डको तस्बिर जलाएका थिए। उनी उक्त संगठनका सदस्य सचिवसमेत हुन्। माओवादी कार्यकर्ताहरूले उजुरी गरेपछि प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ। प्रहरीले भने उनलाई तस्बिर जलाएको आरोपमा मात्र होइन, अभद्र व्यवहार सम्बन्धी मुद्दामा हिरासतमा राख्ने तयारी गरेको छ।

Advertisement

तर, गणतन्त्र पक्षधर कार्यकर्ताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर जलाउँदा कुनै कारबाही नहुने तर राजावादी नेताले प्रचण्डको तस्बिर जलाउँदा तत्कालै पक्राउ गरिने दोहोरो मापदण्ड देखिएको राप्रपाको टिप्पणी छ।

राप्रपाका नेताहरूले यो गिरफ्तारीलाई अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको भन्दै कडा आलोचना गरेका छन्। पार्टीका एक नेताले भने, “राजतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता थिएन भन्नेहरूकै गणतन्त्रमा विरोध गर्न पनि पाइँदैन भने, यो कस्तो लोकतन्त्र?”

राप्रपाले लोकतन्त्रमा तस्बिर र पुत्ला दहन विरोध प्रदर्शनको स्वाभाविक हिस्सा भएको बताउँदै आफ्ना कार्यकर्तामाथि गरिएको कारबाहीप्रति असन्तुष्टि जनाएको छ।

प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com