काठमाडौँ । राप्रपाका युवा नेता निराजन बम रिहा भएका छन् । आइतबार दिउँसो मकवानपुरबाट पक्राउ परेका बम साँझ रिहा भएको राप्रपा प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
उनले शनिबार पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाएका थिए । सोही आरोपमा उनलाई मकवानपुर प्रहरीले काठमाडौँ फर्किने क्रममा पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २ चैत्र २०८१, आइतबार
प्रतिक्रिया