काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुन आग्रह गरेका छन्।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको अनौपचारिक संवादका क्रममा प्रचण्डले मिलेर अघि बढ्ने प्रस्ताव राखेका हुन्।

Advertisement

प्रचण्डका अनुसार, राजावादी शक्तिहरू गणतन्त्रलाई कमजोर बनाउन षड्यन्त्रमा लागेको र त्यसलाई निस्तेज पार्नका लागि लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक छ। यही उद्देश्यले ओली र देउवासँग विभिन्न माध्यमबाट छलफल तथा संवादलाई निरन्तरता दिइएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए।

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com