काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका छन् । सोमबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका हुन् ।

जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने कोइरालाले स्पष्ट पारे । ‘जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ’ उनले भने ‘जनताले नै चाहेको खण्डमा हामी के गर्न सक्छौँ ?’ डा कोइरालाले तर, यो १० वर्षको अवधिमा बागमतीमा धेरै पानी बगिसेकाले तत्कालै  राजतन्त्र फर्किहाल्छ भन्ने आफूलाई नलागेको स्पष्ट पारे ।

Advertisement

डा कोइरालाले राजा फर्काउने विषयमा फ्रान्समा त चर्चा भइरहने उल्लेख गर्दै भने‘फ्रान्समा त अझै राजा फर्काउने चर्चा भइरहन्छ भने यहाँ प्रयास हुनु अनौठो हैन ।’ राजाको बारेमा नेताहरूले बोलिरहनु जरुरी नरहेको कोइरालाले बताए । उनले जनताको आकांक्षा धेरै रहेको तर, जनताको आकांक्षा पुरा गर्नेतर्फ दलहरू चुकेका कारण दलहरूप्रति सडकमा आक्रोश देखिन थालेको  धारणा राखे । राजनीतिक दलको कामका कारण जनतामा वितृष्णा पैदा भएकाले त्यही वितृष्णा सडकमा देखिएको कोइरालाले बताए ।

प्रकाशित मिति: ३ चैत्र २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com