मुम्बई — नवप्रवेशी लखनउ सुपर जायन्ट्सले शनिबार इन्डियन प्रिमियर लिग २०२२ मा मुम्बई इन्डियन्सलाई सजिलै १८ रनले पराजित गरेको छ । मुम्बईको यो लगातार छैटौं हार हो । रोहित शर्माको मुम्बई बिना कुनै अंक लिग तालिकाको अन्तिम स्थानमा छ र अब उसको प्ले अफ छनोट सम्भावना निकै कमजोर बनेको छ ।

लखनउको भने आठ अंक भएको छ र अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ । कप्तान केएल राहुलको नटआउट शतकीय प्रदर्शनको मदतले लखनउले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ९९ रन बनाएको थियो । राहुलले ६० बलमा १ सय ३ रन बनाए । उनले नौ चौका र पा“च छक्का प्रहार गरे ।

जवाफमा मुम्बईले २० ओभरमा नौ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो । मुम्बईले नियमित अन्तरले विकेट गुमाएको थियो र कोही पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेन् । सूर्यकुमार यादवले बनाएको ३७ रन नै मुम्बईका लागि सर्वाधिक उच्च व्यक्तिगत स्कोर रह्यो ।

प्रकाशित मिति: ३ बैशाख २०७९, शनिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com