काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्य समितिले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको आमसभा प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिने स्पष्ट गर्दै राप्रपालाई वैकल्पिक स्थान चयन गर्न आग्रह गरेको हो।

प्रशासनले चैत २६ गते तय गरिएको आमसभाका लागि राप्रपाले इमेलमार्फत चैत २२ गते अनुमति मागेको थियो। तर, भृकुटीमण्डप क्षेत्रमा पहिले नै शिक्षक आन्दोलन र राष्ट्रिय जनमोर्चाको कार्यक्रम जस्ता गतिविधिहरू तय भइसकेकाले सुरक्षा संवेदनशीलता बढेको भन्दै प्रशासनले उक्त स्थान उपयुक्त नरहेको निष्कर्ष निकालेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रशासनले सिफल चौर वा बल्खु क्षेत्रलाई वैकल्पिक स्थानका रूपमा प्रस्ताव गरेको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनको हस्ताक्षर रहेको पत्रमा राप्रपाको प्रस्तावित कार्यक्रम सुरक्षित रूपमा सम्पन्न होस् भन्ने उद्देश्यले स्थान परिवर्तन गर्न सुझाव दिइएको उल्लेख छ।

प्रकाशित मिति: २३ चैत्र २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com