४ वैशाख, चितवन । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । कक्षा १२ मा अध्ययनरत एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ ।

विद्यार्थीले विद्यालय तोडफोड समेत गरेका छन् भने विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाएका छन् ।

प्रहरीले पक्रेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरी हरु समेत घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए ।‘हामी सिमित संख्यामा थियौं, विद्यार्थीहरु ठूलो संख्यामा आएर तोडफोड गरे, मोटरसाइकलमा आगजनी गरे, अवस्था तनावग्रस्त छ’ उनले भने , ‘मसहित ६ जना प्रहरी घाइते भएका छौं ।’

विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको छ । विद्यार्थीहरुलाई लाठिचार्ज गरेर तितरवितर बनाउने काम भैरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीमाथि नै आक्रमण भएपछि थप सुरक्षाकर्मी मागिएको निरीक्षक श्रेष्ठले बताए ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com