काठमाडाैं । शनिबार गण्डकी प्रदेश नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालय कावासोतीको आधिकारिक फेसबुक पेजबाट भारतीय चलत्रित्र ‘केजीएफ च्याप्टर टु’ सम्बन्धी एक पोस्ट अपलाेड भयाे ।

१४ हजारभन्दा बढी फलोअर रहेको सो पेजमा नियमित रुपमा सवारी चालक अनुमतिपत्रका लागि लिखित परिक्षा मिति, परीक्षाको नतिजा, ट्रायल मिति सम्बन्धि जानकारी पोस्ट हुन्थ्यो ।

शनिबार साँझ उक्त पेजबाट ‘केजीएफ च्याप्टर टु’ काे प्रचार हुने पोस्ट शेयर भयाे र केही समयमै पाेस्ट डिलिट भयाे ।

आज साेही पेजमा यातायात व्यवस्था कार्यालयको फेसबुक पेज आफ्नो नियन्त्रणमा नरहेको भन्दै अर्काे पोस्ट शेयर भएकाे छ । सँगै सोही पोस्टमार्फत पेजलाइ रिपोर्ट गरी बन्द गरिदिन समेत आग्रह गरिएकाे छ ।

केही दिनदेखि पेज आफ्नो नियन्त्रणमा नरहेपछि यातायात व्यवस्था कार्यालय नवलपुर कावासोतीले अर्को पेज बनाएको छ ।

पुरानो फेसबुक पेजबाट एडमिन अथोरिटी परिवर्तन गर्न नमिलेकोले नयाँ पेज खाेलिएकाे र आवश्यक जानकारीका लागि नयाँ पेजमा आवद्ध रहन सेवाग्राहीलाई कार्यालयले अनुराेध गरेकाे छ ।

 

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com