काठमाडौँ । मनसुन र झरीलाई लक्षित गर्दै नेपालको सबैभन्दा ठूलो नम्बर १ ब्राण्ड सीजीले छिटो र सहजै कपडा धुने र मेसिनभित्रै सुक्ने प्रविधिको वासिङ मेसिन बजारमा ल्याएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले यो वासिङ मेसिन बजारमा ल्याएको सीजीले जनाएको छ।

यो मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगालाई मेसिनभित्रै सफासँग धोएर हिट पम्प ड्राइङ प्रविधिबाट मेसिनभित्रै सुकाउन सकिन्छ । जसमा बी ड्राइभ इन्भर्टर मोटरले १४०० आरपी एममा कपडाहरु सजिलै धुनुका साथै मेसिनभित्रै सुकाउन पनि सकिन्छ।

सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । जुन बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सीजी स्टोरहरु वा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २५ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com