रुसी फौजले मारिऊपोलमाथि लगभग नियन्त्रण कायम गरिसकेको जनाएको छ।

काठमाडौं : युक्रेनका प्रधानमन्त्री डेनिस श्मीहलले घेराबन्दीमा परेको मारिऊपोल शहरमा युक्रेनी फौज रुसी फौजविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन्। सो शहरमा बाँकी रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसले दिएको समयसीमा शुरू भइसके पनि शहर रुसी फौजको नियन्त्रणमा गइनसकेको उनले बताए।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रको कुनै पनि भूभाग रुसलाई दिने मनशाय नरहेको बताएका छन्। पछिल्ला साताहरूमा रुसले आफ्ना आक्रमणहरू पूर्वी युक्रेनमा केन्द्रित गरेको छ।

युक्रेनी अधिकारीहरूका अनुसार पछिल्लोपटक रुसी फौजको आक्रमणमा परी खार्किभमा पाँच जनाको ज्यान गएको छ भने जोलोटो नगरमा अर्का दुईजना मारिएका छन्।

दक्षिणमा मिकोलाइभका गभर्नरका अनुसार रुसी फौजले निरन्तर रकेट प्रहार गरिरहेका छन्। त्यहाँ युक्रेनी फौजले रुसी फौजलाई बन्दरगाह शहर ओडेसातर्फ बढ्नबाट प्रतिरोध गरिरहेका छन्।

रुसी फौजले मारिऊपोलमाथि लगभग नियन्त्रण कायम गरिसकेको जनाएको छ। घेराबन्दीमा परेको मारिऊपोल शहर लडाइँको केन्द्रमा रहिआएको छ। गत मार्चबाट रुसी फौजले मारिऊपोललाई घेराबन्दी गर्न थालेका थिए।

निरन्तरको गोलाबारीले उक्त शहरलाई भग्नावशेषमा परिणत गरेको छ जसका कारण गैरसैनिकहरू घरमुनि बनाइएका भूमिगत आश्रयस्थलमा लुकेका बताइन्छ। त्यहाँ बिजुली, पानी, खानेकुरा र औषधिको आपूर्ति समेत रोकिएको थियो। – बीबीसीबाट

 

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com