• रामेछापका समाजसेवी ब्यक्तित्व कान्छाराम तामाङ (पुर्ण बहादुर) बारे यथार्थतामा आधारित रहेर रामेछाप जिल्ला सुनापती गाउँपालिका वडा नं ५ खनियापानी निवासी चन्द्रमणी शर्माले लेख्नुभएको आलेख ।

समाजसेवाबाट राजनितीमा उदाएका रामेछाप काङ्ग्रेस जिल्ला सभापति नेता पुर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापबासीको दु:खमा मलमपट्टि गरेको उदाहरणहरु धेरै छन् । उनी समाजसेवा बाट राजनितीमा उदाएका एक सफल राजनितिज्ञ हुन्।

छोटो समयमा रामेछापबासीको मन जित्न सफल कान्छाराम रामेछापबासिको दु:खको मलमपट्टि हुन भन्दा फरक पर्दैन् । नेपालमा २०७२ मा आएको बिनाशकारी महाभुकम्प, कोभिड महामारी, दुर्घटना, बाढि पहिरो, प्राकृतिक प्रकोप आदि मानवीय बिपदमा रामेछापका बासिन्दाको एक्ला सहारा हुन उनी । रामेछापबासी हरबखत बिपत्तिमा उनैलाई सम्झन्छन् ।

निर्माण व्यवसायमा संलग्न रहेका काँग्रेस नेता तामाङ स्थानीय स्तरमा लोकप्रिय र विकासप्रेमी नेताका रूपमा परिचित छन् ।

परोपकारी भावनाका कान्छाराम प्रतिद्वन्दी बाम गठबन्धनका साझा उम्मेद्वार रहेका पूर्व गृहराज्यमन्त्री तथा माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठसँग केन्द्रिय निर्वाचनमा ६३४६ मतान्तरले पछी परेका थिए।

निर्वाचनमा हार व्यहोरेका उनले मानबता र समाजसेवाको चुनावमा भने जित हासिल गरिसकेका छन्।

कान्छारामले हार ब्यहोर्दा आफुले हारेको रामेछापको जनताले यतिबेला भने महसुस गरिरहेका छन्। निर्वाचित गराएर पठाएको माओवादी केन्द्रका सांसद भ्रष्टाचार काण्डमा पटक-पटक मुछिएपछी अहिले माओवादी केन्द्रका स्थानिय नेता-कार्यकर्ता समेत ‘उक्त नेतालाई सांसद बनाउन भोट हाल्ने आफ्नो हात कुच्याउन मन छ’ भन्न समेत थालेका छन्।

यसरी कान्छारामलाई निर्वाचित नगराएकोप्रती रामेछापका अधिकांश जनताले आफैलाई धिकार्न थालेको धेरै भैसक्यो।
कान्छाराम तामाङले हार व्यहोर्दा आफुले हारेको महसुस गरिरहेका छन यतिबेला रामेछापबासी । कान्छाराम तामाङले आफू निर्वाचित भएपछी गर्छु भनेर गरेको घोषणापत्रको केही काम भने आफ्नै ब्यक्तिगत खर्चमा गरिदिए । यहाबाट रामेछापका जनताले प्रष्ट बुझे कि कान्छाराम तामाङ भ्रष्टाचार गर्न, अकुत धनआर्जन गर्न होइन रामेछापको बिकास र समृद्धिको लागि चुनावमा होमिएका रहेछन्।

यसअघि समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ (कान्छाराम)ले आफ्नो व्यक्तिगत लगानीमा जिल्लामा एक दर्जन भन्दा बढी एम्वुलेन्स विभिन्न स्वास्थ्य चौकी र क्लवहरुलाई हस्तान्तरण गरे ।

त्यसैगरी उनले २०७२ सालको विनासकारी भुकम्पको समयमा, विभिन्न बिपद्का घटनाहरुमा, समस्यामा परेका नागरिकहरुलाई आफ्नै खर्चमा हेलिकोप्टर चार्टर गरेर उद्धार र राहात बितरण गरेर आम रामेछापबासिको मन जितेका छन्। कयौंलाई मृत्युको मुख बाट बचाएका कान्छाराम त्यतिकै रामेछापवासीको प्यारो भएका भने होइनन्। उनको मानवीय गुण र भावनाले गर्दा उनी रामेछापका जनताको प्यारो भएको अवस्य हो । रामेछापमा कहिँ कतै बिपत्ति परे सुरुमै कान्छारामलाई फोन गर्छन अहिले यहाँका जनता । उनी प्रती जनताको बिश्वास यसरी बढ्यो कि उनी अधिकांश रामेछापवासीले आफ्नो परिवारको सदस्य मान्दछन्।

देश कोभिडले आक्रान्त भएको बेला सरकारी संयन्त्र उदासिन बन्दै गएको थियो। उक्त समयमा रामेछापबासि कोभिडको  विरामीहरुलाई बचाउनकै लागि उनले आइसियु स्थापना गरे। आइसोलेसन वाड समेत ब्यक्तिगत खर्चमा बनाइदिए। त्यसबेलाका रामेछापवासी कोभिड बिरामीले कान्छारामलाई भगवान् नै मान्नेगरेका छन् ।

उनले एम्बुलेन्समै जन्मिएकी शिशुलाई पढाउन र स्वास्थ्य उपचारका लागि लाग्ने सम्पूर्ण खर्च आफूले व्यहोर्ने निधो गरे। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा रामेछापका विरामीलाई काठमाडौंसम्म एम्बुलेन्समा निःशुल्क लैजाने व्यवस्था मिलएका समाजसेवी तामाङले त्यही एम्बुलेन्समा बच्चा जन्मिएपछि पढ्ने खर्च, स्वास्थ्य उपचार खर्च र विवाह खर्च समेत आफूले व्यहोर्ने बताए । अहिले सोही अनुरुप कान्छाराम अगाडि बढिरहेका छन्।

यस्ता धेरै उदाहरणहरु छन् जसको कारण कान्छाराम तामाङ लाई रामेछापबासिले आफ्नो जिल्लाको नेतृत्व सुम्पिन चाहान्छ। र अबको निर्वाचनमा कान्छारामलाई गुमाउन चाहदैनन् ।

प्रकाशित मिति: २५ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com