काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने स्कुल बसहरूमा ट्राफिक जाँच बढाइएको छ ।

आज बिहान विभिन्न स्थानमा चेकजाँचको क्रममा ५ जना चालकहरूले मादक पदार्थ सेवन गरेर बस चलाएको भेटिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

साउन पहिलो सातादेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत निगरानी बढाइएको ट्राफिकले बताएको छ ।

अघिल्लो आइतबार पनि केही चालक मापसेमा परेका थिए। उपत्यकाको विभिन्न स्थानमा अन्य ११ वटा बसहरू पनि कारबाहीमा परेका छन् ।

 

 

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com