धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले सहकारी संघर्ष समितिका नाममा केहि स्थानीयले कार्यालयमा तोडफोड गरेपछि सामाजिक संजाल मार्फत कार्यालयको सिसा नभई बगरमा गिटि कुट्न आउन आह्वान गरेका छन्।

मेयर साम्पाङ भन्छन्, ‘मेरो अफिसको सिसा होइन ढुङ्गा फुटाउन आउनु है बगरमा ! बिकास प्रेमी बनौँ बिनाश प्रेमी होइन !’

आइतबार बराह सहकारी पीडितहरूले धरान उपमहानगरपालिका घेराउ गरेका थिए। बराह पीडित संघर्ष समितिको नाममा आएका एक हुलले कार्यालयमा तोडफोड गरेपछि उनले कार्यालयको सिसा नभई बगरमा ढुंगा फुटाउन आउन आह्वान गरेका हुन्।

मेयर साम्पाङले सोमबार बराह सहकारी पीडित संघर्ष समितिका दुई जना विरुद्ध प्रहरीमा किटानी जाहेरी पनि दिएका छन्।

उनले बराह सहकारीले गरेको ठगीको विरुद्धमा आफुले सकेको सहयोग पीडितहरुलाई गरेपनि काममा बाधा पुर्याउने उदेश्यले आफू बिरोधि केहि ब्यक्तिहरुले अनावश्यक हर्कत देखाएको बताएका छन।

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com