काठमाडौं । ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले वसन्तपुरबाट आमरण अनशन सुरु गरेकी छन् । दोस्रो पटक अनशन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसअघि सरकारी निकायहरूले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै उनी अनशन बसेकी हुन् । पहिलो पटक अनशन बसेकाे समयमा गृहमन्त्रीले दिएको आश्वासनअनुसार काम नभएको उनको आरोप छ ।

कुमारी आमा भनेर चिनिने निहारिका राजपुत न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपुतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएर बसन्तपुर लगेर छोडेको हो। निहारिका १७ वर्षकी हुँदा उनीमाथि जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छन्। उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिइन्।

 

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com