काठमाडौं । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ।

शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्।

सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो।

नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो। जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ।

सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ। सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन्।

यस्तै नेवा समुदायका महिलाहरूप्रति लक्षित गरेर पनि व्यंग्य गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। विरोध भएपछि युट्युबबाट सो भिडिओ समेत हटाइसकिएको छ। सिंहले फेसबुकमार्फत् माफी समेत मागेका छन्।

प्रकाशित मिति: ११ भाद्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com