रुकुम(पूर्व)मा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन्। देशव्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ।

टाइफाइड विरुद्धको खोप लगाउने १५ महिनादेखि १५ वर्ष उमेर समूहका जिल्लाको लक्षित जनसङ्ख्या १७ हजार १७७ रहेको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का सूचना अधिकारी एवं ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरीले जानकारी दिए।

जिल्लामा लक्षित जनसङ्ख्याको ९६.६३ प्रतिशत बालबालिकाले खोप लगाएको सूचना अधिकारी गिरीले बताए। उनकाअनुसार जिल्लामा १५ देखि २३ महिनासम्मका ८६० बालबालिका र २ देखि १५ वर्ष उमेर समूहका १५ हजार ७३८ बालबालिकालाई खोप लगाइएको छ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा १५ महिनादेखि १५ वर्ष उमेर समूहका लक्षित बालबालिकाको सङ्ख्या पाँच हजार ५९१ रहेकोमा त्याहाँ १०० दशमलव ५७ प्रतिशत अर्थात् पाँच हजार ६२६ बालबालिकालाई खोप लगाइएको छ।

पुथामा लक्षित जनसङ्ख्याभन्दा बढीलाई खोप लगाइएको सूचना अधिकारी गिरीले बताए। भूमे गाउँपालिकामा पाँच हजार १५८ लक्षित खोप लगाउने बालबालिकाको सङ्ख्या भएकामा त्यहाँ ९५.०२ प्रतिशत अर्थात् चार हजार ९०१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जनाएको छ।

सिस्ने गाउँपालिकामा टाइफाइड विरुद्धको खोप लगाउने लक्षित बालबालिकाको सङ्ख्या छ हजार ४२८ थियो। यहाँ ९४ दशमलव ४९ प्रतिशत अर्थात छ हजार ७४ लाई खोप लगाएको सूचना अधिकारी गिरीले बताए। जिल्लामा गएको चैत्र २५ गतेबाट २९ गतेसम्म खोप अभिययान सञ्चालन गरिएको तर अभियानमा सबैलाई समेट्न नसक्दा अहिले पनि स्वास्थ्य संस्थाबाट छुटेकालाई खोप लगाइरहेको उनको भनाइ छ। रुकुम९पूर्व० मा २९६ खोप केन्द्रबाट १५ महिनालेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको हो। रासस

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com