काठमाडौं । पोखरामा कार्यक्रमका दौरान आगोले पोलेपछि उपचार गराइरहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज हुने भएका छन् । जलनको घाउ निको हुने क्रममा रहेको र फोक्सोमा समेत कुनै संक्रमण नदेखिएपछि कीर्तिपुर बर्न अस्पतालले उनलाई सोमबार डिस्चार्ज गर्ने भएको हो ।

कीर्तिपुर अस्पतालका निर्देशक डा.किरण किशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो २ दिनदेखि उपचार गराई रहनु भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराईन्छ । दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’

मेयर आचार्यको भने थप केही दिन चिकित्सकको निगरानीमा राखेर उपचार हुने भएको छ । पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेका आचार्यलाई ह्दयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले थप उपचार आवश्यक रहेको अस्पतालले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषसँग परामर्श भइरहेकाले केहि दिन थप उपचार हुने जानकारी गराइन्छ ।’

अस्पतालले संक्रमणको जोखिम कम गर्न मेयर आचार्यसँगको भेटघाट तत्काललाई बन्द गर्ने निर्णय कायमै राखेको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com