काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले अझै केही समय गाली सहने तर समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन्।

मेयर पद सम्हालेको एक सय दिनको सन्दर्भमा उनले सामाजिक सन्जालमार्फत् सो कुरा बताएका हुन् । तर, एक सय दिनको दौडमा नभई आफूसँग पाँच वर्षको योजना रहेको भन्दै उनले आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन्।

उनले एक सय दिनभित्र फोहोर व्यवस्थापन गर्ने भने पनि आफूले सोचेजस्तो हुन नसकेको स्वीकार गरेका छन् । ‘तर झण्डै दुई दशकदेखि कुहिएर रहेको रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं,’ उनले भनेका छन्, ‘यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौं ।’

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com