काठमाडौं । बुधबार गायिका समिक्षा अधिकारीले आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग रहने भन्दै आफूले अदालतले दिलाइदिएको १० लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक फेसबुक स्ट्याटस लेखिन्।

गायिका अधिकारीको उक्त स्ट्याटसमा सकरात्मक भन्दा पनि नकरात्मक कमेन्टहरू आउन थालेपछी उनी उक्त स्ट्याटस डिलिट गर्न बाध्य भएकी छिन् ।

सामाजिक सञ्जालमा आफ्नो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा नकरात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दु:खद् घटना भोगिरहेकी छु।’

अहिले उक्त फेसबुक स्ट्याटस भने अधिकारीको फेसबुक टाइमलाइनबाट हटाइएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com