काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको आफ्नो जीवन आर्थिक क्रान्तिका लागि हुने बताएका छन् ।

पार्टी निकट नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दै उनले राजनीतिक सुधारका केही कामबाहेक राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताएका हुन् । त्यसैका लागि आफ्नो बाँकी जीवन बिताउने उनले बताए ।

राजनीतिक परिवर्तन ल्याउन क्रान्ति गरेकाले आर्थिक क्रान्तिको नेतृत्व पनि आफूले मात्र गर्नसक्ने उनको दाबी थियो।

यसका लागि आफूले केही मिसन र भिजन तयार पारेको उनले बताए । ‘मैले केही मिसन र केही भिजन तयार पारेको छु । अब देशलाई आर्थिक समृद्धितिर र भ्रष्टाचार तथा कुशासनको अन्त्यतिर राजनीतिक सुधारको अभियान सुरु गर्नुछ’, प्रचण्डले भने ।

‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रतिर, सामाजिक न्याय र विकासतिर आत्मनिर्भरतातिर जान मैले अब गर्ने क्रान्ति भनेको आर्थिक रुपान्तरण र समृद्धि नै हो’, उनले भने, ‘बाँकी जीवन बिताउने भनेको त्यसैका लागि हो ।’

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com