काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर खोलाको दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ।
महानगरपालिकाले बिहीबार जय नेपाल हलपरिसरमा उत्खनन् गरेको थियो। त्यहाँ टुकुचा खोला फेला परेको छ। टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो। इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ।
महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताए।
उनले यसका लागि ६ अर्ब बजेट रहेको जानकारी दिए। यो काम पाँच वर्षभित्र पूरा हुने उनले बताए। ‘टुकुचा खोलामा पानी बग्न चार मिटर छाडिन्छ। बाँकी दायाँबायाँ चार/चार मिटरको करिडोर बन्छ,’ उनले भने।
महानगरकी उपमेयर सुनिता डंगोलले टुकुचा खोला अतिक्रमणमुक्त बनाउन सहयोग गरेकोमा धन्यवादसमेत दिएकी छन्। उनी आज अपरान्ह जय नेपाल हल परिसर पुगेकी थिइन्।
प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार
प्रतिक्रिया