काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक अहिले मध्यराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

मंगलबार दिनभर महानगरपालिकाका उपमेयर तथा उपमहानगरपालिकाका मेयर र उपमेयरको छिनोफानो असम्भव भएपछि मध्यराति गठबन्धन बैठक सुरु भएको हो।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलका शीर्ष नेता तथा रामचन्द्र पौडेल नेतृत्वको अनुगमन समितिका सदस्यहरु सहभागी छन्।

यो बैठकले उपमहानगरपालिकाको भागवण्डा मिलाएमा जिल्ला जिल्लालाई अन्य पालिकाको बाँडफाँट अधिकार दिने तयारी गठबन्धनले गरेको छ। मंगलबार मात्रै पोखरा महानगरमाथिको दाबी कांग्रेसले छाडेपछि एकीकृत समाजवादीलाई दिने सहमति गठबन्धनबीच भइसकेको छ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com