काठमाडौं । उपप्रमुख, कर्मचारी र वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई भित्र्याएपछि महानगर प्रमुख बालेन्द्र शाहको सचिवालय रुष्ट देखिएको छ । सचिवालयले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न बसेका कर्मचारी र जनप्रतिनिधिहरूलाई समेत कारबाही हुने चेतावनी दिएकोे छ ।

‘भोलि गुरागाईंमाथि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्यो भने आज गुरागाईंलाई स्वागत गर्न जो–जो कर्मचारीहरू अघि सरेका छ्न उनीहरूलाई पनि गुरागाईंलाई जत्तिकै कारबाही हुन्छ, भ्रष्टाचारमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण गरेको छ, यो दुईतिहाइको दम्भ हो,’ मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले भने, ‘हाम्रो माग भ्रष्टारचारमा संलग्न भएको व्यक्ति आउनुहुँदैन भन्ने थियो, कर्मचारीमा पनि नैतिकता भएन ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई बिहीबार हाजिर हुन भनेको थियो ।

सोहीअनुसार उनी हाजिर हुन महानगर आइपुगेका थिए । उनलाई रोक्न नगर प्रहरी तैनाथ थिए । तर, कर्मचारी, उपप्रमुख र वडाध्यक्षहरूले नगर प्रहरीको अवरोध तोड्दै गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराए ।

गुरागाईंको कार्यकक्षमा ताला लगाइएको भए पनि कर्मचारीहरूले ताला फुटाएर प्रवेश गरेका थिए । गुरागाईं विद्युतीय र ढड्डामा हाजिर गरेर तीन बजे फर्किए ।

 

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This
Skip This