काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदाे चुनावमा आफूले राजसंस्था पुनर्स्थापना गर्ने एजेन्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन् ।
शुक्रवार काठमाण्डाै क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार औपचारिकरूपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आफू राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै संविधानले बाँधेर राखेको राजसंस्था पुनर्स्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । यसरी जाँदा भोट नपाए पनि आफूले खुसीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाइ थियो ।
उनले भन्नुभयो, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन । म धर्मनिरपेक्षतावादी पनि होइन । म नेपालवादी हुँ । म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनर्स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु । यही कुरा लिएर म मतदाता कहाँ जान्छु, भोट पाए पाउँछु । पाइन भनेदेखि खुसीसाथ म धन्यवाद व्यक्त गर्छु । यसमा म प्रष्ट छु ।’
वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाण्डाै क्षेत्र नम्बर १ का जनताले पुनः विजयी गराउन नमिल्ने बताए ।
प्रकाशित मिति: १५ आश्विन २०७९, शनिबार
प्रतिक्रिया