चितवन । चितवनमा मासु भात खाँदा एक पुरुषको घाँटीमा हड्डी अड्किएर निधन भएको छ ।
चितवनको कालिका नगरपालिका-८ गैरीबारी बस्ने ५० वर्षको धन बहादुर दानी क्षेत्रीले हिजो (सोमबार) बेलुका आफ्नै घरमा मासु भात खाने क्रममा घाँटीमा हड्डी अड्किएको थियो ।
बेलुका ७:३० घाँटीमा हड्डी अड्किएपछि उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएकोमा चिकित्सकले ८:१५ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति: १८ आश्विन २०७९, मंगलबार
प्रतिक्रिया