७ वैशाख, बुटवल। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनको निर्णय विपरीत गए कारबाहीमा पर्ने बताएका छन् ।

बुधबार रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु कांग्रेस केन्द्रीय समितिको निर्णय नै भएको दावी गरे ।

गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने खाणले बताए ।‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनमा प्रति प्रतिबद्ध छ’, खाणले भने, ‘पार्टीको निर्णय विपरीत जाने नेता कार्यकर्ताहरुको गतिविधि नोटिस गरिएको छ, उनीहरुलाई कारवाही गरिने छ ।’

गृहमन्त्री खाणले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुदैन कि भन्ने आशंका नराख्न आग्रह गरे । निर्वाचनमा सहभागी नभएका दलहरुलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वानसमेत गरेको भन्दै केही दलहरुसंग सरकार बारम्बार छलफलमा रहेको उनले बताए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुनर्वहाली गर्ने सर्वोच्चको निर्णयलाई सरकारले सम्मान गर्ने गृहमन्त्री खाणको भनाइ छ ।

गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि हवाइ गस्ती गरिने समेत बताए । अहिले एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएकाले सुरक्षालाई मजबुत बनाउन नेपाली सेनासँग भएका हेलिकप्टर र निजी हेलिकप्टरको प्रयोग गरेर गस्ती बढाइने उनले बताए ।सुरक्षा चुनौती देखिएका स्थानमा तत्काल सशस्त्र प्रहरी बललाई पठाउने गरी हेलिकप्टरको व्यवस्थापन गरिने गृहमन्त्री खाणले बताए ।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com