काठमाडौँ- योरेन्टिनालाई समग्रमा ३-० अन्तरले पराजित गर्दै  युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा २-० तथा पहिलो लेगमा १-० अन्तरले जित निकाल्दै युभेन्ट्सले फाइनलमा इन्टर मिलानसंगको भेट पक्का गरेको हो ।

इन्टर मिलानले एसी मिलानलाई ३-० अन्तरले पराजित गर्दै अगिल्लो रात फाइनल प्रवेश गरेको थियो  । फाइनल ११ मेमा हुनेछ ।

बुधबार राति घरेलु मैदान एलिएन्ज एरिनामा युभेन्ट्सलाई जिताउन  फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गरे । खेलको दुबै हाफमा  समान एक गोल भएको थियो ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com