वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सेनाको बहादुरी देखेर आफू चकित भएको बताएका छन् । आफ्ना रक्षा सल्लाहकारहरूसँगको कुराकानीमा बाइडेनले भने, ‘युक्रेनी सेना मैले सोचेभन्दा बलियो र आफूमाथि गर्व गर्ने स्वभावको छ।’

राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्र संघले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चकित बनाएको पनि बताएका छन् । ‘युक्रेनलाई हतियारमा बारूदको आपूर्ति जारी छ। हामी विश्वमा साझेदारीको महत्त्व बुझिरहेका छौं।’उनले भने ।

गत साता ८० करोड डलर सहयोगको घोषणा गरेपछि अमेरिकाले युक्रेनलाई अर्को खेप हतियार पठाउने भएको हो । ह्वाइट हाउसका प्रवक्ता जेन साकीले पत्रकार सम्मेलनमा युक्रेनलाई दिइने सैन्य सहायताको ढाँचा कस्तो हुनेछ भन्ने कुरा भने भनेका छैनन् ।।

तर उनले युक्रेनी सरकार र सेनालाई पूर्ण सहयोग दिने भनेका छन् जसले गर्दा उनीहरूले युद्धको मैदानमा रुससँग  प्रभावकारी  तरिकाले लड्न सक्नेछन् ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com