काठमाडौं । इक्वेडरले विश्वकप फुटबलमा आयोजक कतारविरुद्ध २–० गोलको अग्रता बनाएको छ । अल बेत रंगशालामा इक्वेडरका लागि दुवै गोल कप्तान एनर भ्यालेन्सियाले गरे ।

खेलको तेस्रो मिनेटमा नै इक्वेडरले गोल गरेको थियो । एनर भ्यालेन्सियाले गोल गरेका थिए । तर भिडियो एसिस्टेन्ट रेफ्री (भार) ले त्यो गोललाई अफसाइड दिएपछि गोलको मान्यता पाएन । खेलको १५औँ मिनेटमा इक्वेडरले पेनाल्टी पायो ।

इक्वेडरका कप्तान भ्यालेन्सियालाई कतारका गोलकिपर साद अलसिबले डिबक्सभित्र लडाएपछि पेनाल्टी पाएको थियो । कप्तान भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १–० को अग्रता दिलाए । खेलको ३१औँ मिनेटमा भ्यालेन्सियाले गोल गर्दै कतारविरुद्ध इक्वेडरलाई २–० गोलको अग्रता दिलाएका हुन् ।

प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com