काठमाडौ । धौलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

काठमाडौको बाईपासमा रहेको कार्यालयमा उक्त संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष सागर तिमल्सिनाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधिहरु र आ.व. २०७९/८० मा सञ्चालन गर्ने नीति तथा कार्यक्रमहरुको बारेमा प्रकाश पारे ।

साधारण सभामा बोल्ने अधिकाँश वक्ताहरुले संस्थाको कारोवार बृद्धिसंगै कर्जाको गुणस्तरीयतामा विशेष जोड दिनुपर्ने बताएका थिए ।

११ जनाबाट सुरु भएको संस्थाका सदस्यहरु अहिले ५५६ जना पुगेको तिमल्सिनाले बताए ।

प्रकाशित मिति: २४ मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com