काठमाडौं । पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो। बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।