राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौं । राजनीति विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाल पक्राउ परेका छन्। दाहाललाई मोरङको बेलबारीस्थित प्रहरीले पक्राउ गरेको हो। राजनीतिक छलफलका लागि असोज २ गते मोरङ पुगेका उनलाई सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट पक्राउ गरिएको जनाइएको छ। पक्राउपछि दाहाललाई विराटनगर लगिएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com