सभामुखद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन् । आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए । रासस

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com