देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । गए राति देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा गढवा गाउँपालिका–५ बाँकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो। प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com