काठमाडौं । रास्वपाका पूर्व महामन्त्री मुकुल ढकालले हालको नेपाली राजनीतिक नेतृत्वप्रति असन्तुष्टि प्रकट गरेका छन्। सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, रवि लामिछाने, राजेन्द्र महतो, उपेन्द्र यादव, अशोक राई, सीके राउत, महन्थ ठाकुर र रञ्जिता श्रेष्ठजस्ता नेताहरूले राजनीति छोड्ने सम्भावना नदेखिएको टिप्पणी गरेका छन्।

ढकालका अनुसार कसैले स्वेच्छाले सत्ता त्याग्ने अवस्था छैन र कसैले छोडाउन सक्ने परिस्थिति पनि देखिँदैन। ‘कुरो उही घुमिफिरी रूम्झाटारमै पुग्छ,’ उनले लेखेका छन्।

उनले इतिहासको प्रसङ्ग उल्लेख गर्दै सजिलैसँग पद त्याग गर्ने भने राजामात्र भएको टिप्पणी पनि गरेका छन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com