विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले आफ्ना निर्वाचन परिचालन कार्यालयमा भएको तोडफोडको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

एमालेले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार र आइतबार राति क्रमशः वडा नं. १७ र वडा नं. १५ मा रहेका पार्टीका निर्वाचन कार्यालयमा भएको तोडफोडको कडा भर्त्सना गरेको उल्लेख छ। पार्टीका अनुसार यी घटनाहरू निर्वाचनको वातावरण बिथोल्ने उद्देश्यले गरिएका अराजक गतिविधि हुन्।

advertisement

महानगर कमिटीका अध्यक्ष बलराम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको शान्तिपूर्ण वातावरण बिथोल्ने यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउन प्रहरी प्रशासनसँग जोडदार माग गर्दछौँ।’

पार्टीले यस्ता घटनाप्रति निर्वाचन आयोगलाई समेत विशेष निगरानी र अनुगमन गर्न आग्रह गरेको छ। साथै कार्यकर्ता र शुभचिन्तकहरूलाई विचलित नहुने र निर्वाचनको निष्पक्षता तथा भयरहित वातावरण सुनिश्चित गर्न सर्तक रहन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हतोत्साही मानसिकताबाट प्रेरित यस्ता गतिविधिले हामीलाई विचलित गर्न सक्दैन। निर्वाचन निष्पक्ष र सुरक्षित हुने सुनिश्चित गर्न प्रशासनसँग जोडदार माग गर्दछौँ।’

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com